प्रतिनिधिसभा बैठकः विनियोजन विधेयकमाथि छलफल जारी

वि.सं.२०८० असार ६ बुधवार

काठमाडौं, ६ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल भएको थियो ।
प्रकाशित समय : ०३:०३ बजे