बागलुङको ठुलढुङ्गामा जीप दुर्घटना : दुई जनाको मृत्यु

वि.सं.२०८० असार ६ बुधवार

काठमाडौं, ६ असार । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।
प्रकाशित समय : ०४:२४ बजे