back

सांस्कृतिक संस्थानद्वारा सम्मान र पुरस्कार वितरण

काठमाडौं, ७ असार । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सव पारेर विभिन्न श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । हालै आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ५१ हजार रुपैंयाँ, दोसल्ला र ताम्रपत्रका साथ ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरे ।

उनलाई सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रुपमा रहेर सेवासँगै आजिवन नेपाली संगीत क्षेत्रमा योगदान पु¥याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए ।

कार्यक्रममा ‘सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०’बाट गायक, संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, ‘सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०’बाट नृत्य कलाकार विमला श्रेष्ठ क्षत्री र ‘सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०’ बाट अभिनेत्री सुष्मा शाही पुरस्कृत भए । उनीहरुले जनही ५१ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे । वर्षको ‘सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८०’ नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो ।

सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए


नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

वि.सं.२०८० असोज ७ आइतवार ०४:४६

काठमाडौं, ७ असोज । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा...

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

वि.सं.२०८० असोज ७ आइतवार ०४:३६

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम...

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

वि.सं.२०८० असोज ७ आइतवार ०४:११

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी...

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

वि.सं.२०८० असोज ७ आइतवार ०४:०३

  काठमाडौं, ७ असोज । विक्की कौशल स्टारर कमेडी ड्रामा...

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...