back

आदिपुरुषको आम्दानी हरिबिजोग, आठौं दिनमा ३.२५ करोड मात्रै कमाई

काठमाडौं, ९ असार । आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।

तर, टिकटको कम मूल्यका बाबजुद पनि यी दुवै दिनमा सबैभन्दा बढी कमाईमा गिरावट आएको छ, जसले फ्यानहरूलाई स्तब्ध बनाउने छ। यसै क्रममा आदिपुरुषको आठौं दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ, जुन अचम्मको छ ।

सचनिकको प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौं दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा यो फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ । तर बजेट बक्स अफिसबाट ५०० करोड कमाउनु त टाढाको कुरा हुनेछ ।

पहिलो हप्ताको कमाईको कुरा गर्दा पहिलो दिन ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौं दिन १०.७ करोड, छैटौं दिन ७.२५ करोड सातौं दिनमा ४.८५ करोड कमाई गरेको थियो । यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । जहाँ आदिपुरुषको विश्वव्यापी बक्स अफिसले ४०० करोड नाघेको छ ।

जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चर्किएको थियो । तर फिल्म रिलिज हुनेबित्तिकै संवाद र दृश्य देखेर फ्यानको आक्रोश सातौं आकाशमा पुगेको छ । जहाँ २२ र २३ जुनमा टिकट सस्तो बनाउनुका साथै निर्माताले संवादमा पनि परिवर्तन गरेका छन् ।


एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२०

काठमाडौ, ९ असोज । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको...