back

११.६९ अंकले बढ्यो सेयर बजार

काठमाडौ, ११ असार । सेयर बजारले उकालो यात्रालाई सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हो ।

सोमबार २७९ कम्पनीको ११ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा समूहहरुमा लगानीकर्ता झुम्मिएका थिए । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको भाउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...