back

हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु : प्रधानमन्त्री

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् ।

सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको एक सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए । उनले भने, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’

उनले दिवंगत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताए । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ । यसका प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’ उनले अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको बताए ।

गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँको जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्यौं, जनताको अवस्था बदल्न सकेनौं त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको बताउँदै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले बिरामी भएर अस्पतालमा मृत्युसँग जुधिराहेका बेला कोइरालाले आफूलाई एक्लै बोलाएर देशको जिम्मा लगाएको स्मरण पनि गरे ।


टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

वि.सं.२०८० असोज १६ मंगलवार ०८:३४

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री...

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

वि.सं.२०८० असोज १६ मंगलवार ०७:२१

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व...

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना...

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०६:४६

काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५०...

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

वि.सं.२०८० असोज १६ मंगलवार ०५:४३

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर...

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० असोज १६ मंगलवार ०५:२७

काठमाडौं, १६ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य...