back

आजको मौसमः मनसुनी वायुकाे प्रभाव रहने, सडक तथा हवाइ यातायात प्रभावित हुने

काठमाडाैं, १९ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ ।

त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका  कारण  हुन  सक्ने  जोखिम  वा  क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।


बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

वि.सं.२०८० असोज ७ आइतवार ०३:२९

काठमाडौं, ७ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा...

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...