पहिरोमा पुरिएर बैतडीमा आमाछोराको मृत्यु

वि.सं.२०८० साउन ८ सोमवार

काठमाडौ, ८ साउन । बैतडीमा पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ । आज बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको हो ।
घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।सोही पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । उनलाई उपचारका लागि दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ ।
प्रकाशित समय : ०५:११ बजे