back

अहिलेको सरकार जनताको नभई पुँजीवादीहरुको हो : शंकर पोखरेल

काठमाडौ, १३ साउन । अहिलेको सरकार जनताको नभई पुँजीवादीहरुको भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले, देश आर्थिक संकटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे ।

‘आर्थिक रुपमा मुलुक संकटमा पर्दा निश्चित व्यापारी घरानाको सम्पत्ति वृद्धि भईरहेको छ। यो कसरी सम्भव छ भने राज्यका नीति गलत बाटोमा छन् । अवैध अर्थतन्त्रको पक्षमा छ ।’ उनले भने ‘यो सरकार जनताको सरकार होईन्, यो सरकार दलाल पुँजीवादीहरुको सरकार हो ।

यसले अर्थतन्त्रको विकासमा होईन्, व्यापारिक पुँजीवादलाई प्रवद्र्धन गर्ने कुरामा अन्तराष्ट्रिय व्यापारलाई नेपालमा प्रवद्र्धन गर्न ऐजेण्डका रुपमा यो सरकारले भूमिका खेलिरहेको छ । त्यसो हुदाँ आज हाम्रो मुलुक संकटमा छ । ’ उनले एमालेको भूमिका प्रभावकारी नहुदाँ लोकप्रिय हुदाँ हुदैँ पनि सोचे जस्तो परिणाम नआएको बताए ।

उनले भने ‘पार्टी यो मुलुकको सबैभन्दा लाकप्रिय पार्टीको रुपमा स्थापित हुन सफल भएको छ । तर हामी विरुद्धको घेराबन्दीका कारणले संसदमा हाम्रो उपस्थिति नेपाली काङ्ग्रेसको भन्दा तल छ । ’एमालेमाथि अझै पनि चौतर्फी हमला भइरहेको भन्दै उनले अहिलेको सरकारले कुनै पनि हालतमा आफ्नो पार्टी नेतृत्वको सरकारको भन्दा राम्रो काम गर्न नसक्ने ठोकुवा गरे ।


पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...