प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पुगे बालुवाटार

वि.सं.२०८० साउन १४ आइतवार

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध अन्त्यसहितका विषयमा छलफल भएको छ ।
आज बालुवाटार पुगेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अवरुद्ध सदन खोल्नेलगायतका विषयमा कुराकानी गरेका हुन् । उनीहरुबीच प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्को बैठकलगायतका विषयमा कुराकानी भएको हो ।
प्रकाशित समय : ०८:१३ बजे