back

स्विस आल्प्स पहाडमा ३७ वर्षअघि बेपत्ता आरोहीको शव फेला

काठमाडौ, १८ साउन । ३७ वर्षअघि स्विस आल्प्स पहाडमा बेपत्ता भएका एक आरोहीको शव फेला परेको एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ । हिमनदी पग्लिएर यो सम्भव भएको दाबी गरिएको छ । डिएनए परीक्षणपछि भेटिएको शव ३८ वर्षीय हराइरहेका आरोहीको भएको पुष्टि भएको छ ।

बीबीसीको रिपोर्टका अनुसार जुलाई १२ मा स्विट्जरल्याण्डको जरमेटको दक्षिणमा रहेको थियोडुल ग्लेशियरमा पर्वतारोहीहरूले पग्लिएको हिउँमा मानव अवशेष देखेपछि उक्त शव फेला परेको थियो। उनले यसबारे प्रहरीलाई जानकारी दिए । त्यसपछि शवहरूलाई नजिकैको सहर सायनस्थित वालेस अस्पतालको फोरेन्सिक मेडिसिन युनिटमा पठाइएको थियो। अस्पतालमा भएको डीएनए परीक्षणले उक्त अवशेष सन् १९८६ मा हिमालमा हराएका ३८ वर्षीय आरोहीको भएको पुष्टि गरेको थियो ।

अवशेष भेट्टाउने पहिलो पर्वतारोहीहरूले प्रहरीलाई भने कि उनीहरूले पहिले जुत्ता देखे, त्यसपछि जुत्ता मुनि हिउँमा एउटा क्र्याम्पोन उपकरण अड्किएको थियो। जुन जुत्ताको तल्लो भागमा जोडिएको हुन्छ र आरोहणमा मार्गदर्शन गर्ने गर्दछ। यस्तो अवस्थामा उनीहरूले बुझे कि यी आरोहीका अवशेष हुन्।

सोही क्रममा प्रहरीले डीएनए परीक्षणपछि आरोहीको पहिचान सम्भव भएको विज्ञप्तिमा जनाएको छ । उक्त अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ । पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्विर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण हिमनदीहरू लगातार पग्लिँदै गएका छन् । यस्तो अवस्थामा सबै आरोहीको शव निकाल्ने काम भइरहेको छ । पछिल्लो समय हिमनदी पग्लिएर धेरै आरोहीहरुको शव भेटिएको पनि प्रहरीले जनाएको छ, जसको बेपत्ताको खबर दशकौं अघि दर्ता भएको हुनसक्छ ।


चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...