back

विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं, २१ साउन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित जना पक्राउ परेका छन् ।जुम्लाको चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने  १८ वर्षीय किशोरसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।

चितवनको रत्ननगर नगरपालिका-२ टाँडीचोकबाट अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित ईलाम मङसेबुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका-१ स्थितबाट अवैध लागुऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय सरोज साहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दिपक रानालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  ।


पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...