back

माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । १७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आज अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताएका छन् । ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो’ उनले भने, ‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’

उनले अघि भने, ‘आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए । ‘वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ’ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनले दाबी गरे ।


पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...