back

आजको मौसमः ६ प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं । आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडौं लगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसो देखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो । हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै,साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

राति भने देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो २४ घण्टामा कास्कीमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको पोखरामा मात्रै १२२ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि जनकपुरमा ७७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै,विरेन्द्रनगरमा ७५ दशमलव ८, काठमाडौमा ४९ दशमलव ९,ओखलढुंगामा ३६ दशमलव २ तथा नेपालगञ्जमा २७ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी, पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । साथै, सडक मार्गको प्रयोग गर्दा पूर्व सूचना लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।


एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२०

काठमाडौ, ९ असोज । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको...