back

इंग्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सीले पहिलो खेलमा अंक बाँडे

काठमाडौं २९ साउन । इंग्लिस प्रिमियर लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।आइतबार चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा

एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमले गोल गर्न नसक्दा अंक बाँडेका हुन् ।पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल समान एक अंकसहित क्रमशः तालिकाको १०औं र ११औं स्थानमा छन् ।

आइतबारै भएको अर्को खेलमा टोटनहमले पनि ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेन्टफोर्डको मैदान जीटेक कम्युनिटी रंगशालामा भएको खेलमा क्रिस्टियन रोमेरोले ११औं मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता बनाएको थियो ।

२६औं मिनेटमा ब्रायन एम्बेउमोले पेनाल्टी सदुपयोग गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काएका थिए । ३६औं मिनेटमा योएने विसाको गोलमा ब्रेन्टफोर्डले पाहुना टिमविरुद्ध २–१ को अग्रता बनाएको थियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा एमेरसन रोयलले गरेको गोलबाट टोटनहम खेलमा फर्किएको थियो । यसपछि थप गोल हुन नसक्दा ब्रेन्टफोर्ड र टोटनहमले अंक बाँडे ।पहिलो खेलमै रोकिएका ब्रेन्टफोर्ड सातौं र टोटनहम आठौं स्थानमा छन् ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...