back

ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको हो : अर्थमन्त्री महत

काठमाडौं, २ भदौ । नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको अर्थमन्त्री प्रकाश शरण महतले आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनाश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताए ।

मन्त्री महतले देखाउँनको लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि नै धेरै देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।

उनले भने,‘ ओलीको सरकार आएदेखि नै धेरै अव्यवस्था हाम्रो सिस्टममा प्रवेश भयो देखाउँने कुरा गर्ने ठूला ठूला सानोले पुग्ने ठाउँमा छ । अर्बौको भवन आवश्यकता नै नभएको टावर अरबौको । त्यसको कुरालाई प्राथमिकतामा राखेर अर्को वर्ष दिउला ठेक्कामा लगाउँ भन्ने । यो कुरालाई अनुशासनमा ल्याउँन खोजेको हुँ ।’

मन्त्री महलतले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्ने लोकप्रियता पछि दौडिने जस्ता काम बन्द गर्न सके नेपाली कांग्रसलाई एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए ।

उनले भने,‘हामीले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्न लान्छना लगाउँन सस्तो लोकप्रियता पछि दौडिन हामीले बन्द गरौं । वडा,प्रदेश,केन्द्रको नियमित छलफल गरेर निर्णय निकालेर जाने हो भने नेपाली कांग्रसलाई एक नम्बर पार्टीमात्र होईन एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न सक्दैन् ।’थोरै श्रोत साधनबीच काम गर्नुपरेकाले चाहेजस्तो सबै ठाउँमा बजेट विनियोजन गर्न नसकेको भन्दै पुगेसम्म कोसिस गरेको उनको भनाइ छ ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...