back

आजको मौसम : देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, ४ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित  भारी वर्षाको समेत सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

वि.सं.२०८० असोज ७ आइतवार ०४:५५

काठमाडौं, ७ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुदमा...

नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

नाइजेरियामा इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

वि.सं.२०८० असोज ७ आइतवार ०४:४६

काठमाडौं, ७ असोज । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा...

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

वि.सं.२०८० असोज ७ आइतवार ०४:३६

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम...

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

वि.सं.२०८० असोज ७ आइतवार ०४:११

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी...

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

वि.सं.२०८० असोज ७ आइतवार ०४:०३

  काठमाडौं, ७ असोज । विक्की कौशल स्टारर कमेडी ड्रामा...

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...