back

चुरियामाईमा बस दुर्घटनामा ७ जना तीर्थयात्रीले गुमाए ज्यान (नामावलीसहित)

काठमाडौं, ७ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको हो । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा खसेको  छ ।  दुर्घटनामा १७ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए । उनका अनुसार साे बसका घाइतेलाइ हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना पछि बसका चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई रहेको छ ।

मृत्यू भएका व्यक्तिहरुः

– १) जि. महोत्तरी लोहार पटी बस्ने अ.बर्ष ४१ को बिजय लाल पण्डित

२) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५ की महिला

३) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५÷७० को पुरुष ब्यक्ति

४) हाल नाम थर वतन नखुलेको अ.बर्ष ५५÷६० की महिला

५) देश भारत राजस्थान बस्ने अ.बर्ष ६७ को बहादुर सिंह

६) देश भारत राजस्थान बस्ने अ.बर्ष ६५ की मिरा देबी

७) हाल नाम थर वतन नखुलेको अ.५५÷६० की महिला

घाईतेहरुः–

१) देश भारत राजस्थान बस्ने अ.४८ को घनश्याम चतुरबेदी

२) जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.बर्ष ३८ को बिहारी मुखीया

३) जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.बर्ष ४१ को घुरन मण्डल

४) जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने अ.बर्ष २६ को जसबेन्दर पासवान

५) देश भारत राजस्थान बस्ने अ.बर्ष ५३ की माया देबी

६) ऐ.ऐ.बस्ने अ.बर्ष ३५ को अनिल कुमार

७) ऐ.ऐ.बस्ने अ.बर्ष ५० को तारा वती चतुरबेदी

८) निजकै नातिनि अ.बर्ष ९ की क्रितिका चतुरबेदी ।

९) ऐ.ऐ.बस्ने अ.बर्ष ४८ को श्याम लाल माली

१०) ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को हरवारी माली

११) ऐ.ऐ.बस्ने अ.बर्ष ७० की चौथी देबी

१२) ऐ.ऐ.बस्ने अ.बर्ष ७२ को सुरेस चन्द्र चक्रवती

१३) ऐ.ऐ.बस्ने अ.बर्ष ७३ को राम प्रसाद

१४) देश भारत राजस्थान बस्ने अ.बर्ष ६३ को धरम सिंह

१५) ऐ.ऐ.बस्ने अ.बर्ष ६० की ईन्दु धाकद

१६) ऐ.ऐ.बस्ने अ.बर्ष १६ की गर्बिदा चतुरबेदी

१७) ऐ.ऐ.बस्ने अ.बर्ष ५४ को राम कुमार चतुरबेदी ।


ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:४५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:३९

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:२९

काठमाडौं ।  रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स...

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:५५

काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ...

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:४५

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी...

नेपाल सुपर लिगः आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा

नेपाल सुपर लिगः आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:३७

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज...