back

पोर्चुगलबाट एनआरएनए सह कोषाध्यक्षमा गैरेद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, १२ भदौ । पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आईसिसि सह–कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्् । आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि उनले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली नारी समाज र महिला समाज पोर्चुगलले लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक (डिआरसी) रहेका छन् ।

पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न व्यवसायमा संलग्न गैरेले सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिएका छन् । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।

गैरे १५ बर्षदेखि एनआरएनएको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका व्यक्ति हुन् । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् भने हाल युरोप क्षेत्रको उपसंयोजकको रूपमा क्रियाशील रहेका छन् ।

गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३–२५ कार्यकालको लागि आईसिसि सह कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन् । गैरेले एनआरएनए अग्रज, अभियन्ता, शुभचिन्तक र गैर आवासीय नेपालीहरुको सहयोग, सद्भाव, समर्थनको लागि आग्रह गरेका छन् ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...