back

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित बेलायतमा झल्कियो मिनी नेपाल

काठमाडौं, १२ भदौ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतवार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता बिभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु राखिएका थिए ।

मेलामा बिभिन्न संघसंस्थाहरुका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरु प्रस्तुत गरेका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि सांगीतिक प्रस्तुति दिए ।

मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड प्रदान गरियो । यस्तै सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिएको थियो ।

झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिएको थियो ।

नेपाली मेलामा २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ । नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।

यस वर्षको “तमुधि युके प्रिसिडेन्ट च्याइस” पुरुष्कारद्वारा पास पुच गुठी युके पुरुस्कृत भएको छ । झाँकीमा तामाङ समाज युके, चार भन्ज्यांग तमु समाज युके र स्यांग्जा समाज युकेले शान्तवना पुरुष्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरस्कार पाए ।

मेलामा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तराष्ट्रिय समन्नय समितिका अध्यक्ष कुल आर्चाय, सगरमाथा आरोही हरि बुढामगर र दिया पुन लगायत बिभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारीहरु, नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत बेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।


काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...