back

चीन भ्रमणको क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्नेछु : प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ भदौ । आफ्नो चीन भ्रमणको क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता जनाएका छन् ।

आज संसदमा सांसदहरुले गरेको प्रत्यक्ष प्रश्नोतरमा प्रस्तुत भएका दाहालले सांसद उदय संशेर जवराले गरेको प्रश्नको उत्तर दिदै आफ्नो आसन्न चीन भ्रमणमा यसअघि दुई देशको बीचमा भएको विविध सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्ने र दुई देशबीचको सीमानाका सञ्चालनलाई प्रभावकारी बनाउनेतर्फ जोड दिने बताएका हुन् ।

त्यस्तै उनले आफ्नो भ्रमण सामाजिक आर्थिक रुपले फलदायी हुने बताए । उनले नेपालको सामाजिक आर्थिक सम्बन्धलाई थप उचाइमा पु¥याउने गरी चीन भ्रमण प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले भने, ‘मेरो चीन भ्रमण दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासको लागि चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रीत रहने छ ।’

त्यस्तै उनले नेपाल र चीन बीचको व्यापारिक र आर्थिक पक्षलाई जोड दिदै सीमा नाकाको सञ्चालनमा जोड दिने उल्लेख गरे । ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्ध थप सघन बनाई दुई देश बीच भएका सीमानाकाहरुको सञ्चालनमा प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु भ्रमण कार्यसूचीमा रहेको छ,’ उनले भने ।

उनले आफ्नो भ्रमणमा सडक, उर्जा, व्यापार, कृर्षि , स्वास्थ्य र शिक्षाको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चीनको सहयोग विस्तारको विषयलाई प्राथमिकतामा राखेको बताए ।


एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ...

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:३७

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा...

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:११

काठमाडौं । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा...

हुम्ला र मुगुमा उच्च हिमपात, जनजीवन कष्टकर

हुम्ला र मुगुमा उच्च हिमपात, जनजीवन कष्टकर

वि.सं.२०८० मंसिर १८ सोमवार ०७:५६

काठमाडौं । आईतबार राती बाट परेको अबिरल वर्षाका कारण मुगु...

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेसनको मिति सार्ने प्रस्ताव

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेसनको मिति सार्ने प्रस्ताव

वि.सं.२०८० मंसिर १८ सोमवार ०७:३१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को यसअघि तोकिएको महाधिवेसन सर्ने...