back

महानायक राजेश हमाल बेलायतमा, यी कार्यक्रमा सहभागि हुने

काठमाडौ, १७ भदौ । अभिनेता तथा महानायक राजेश हमाल बेलायत पुगेका छन् । विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत गएका हुन् । शनिबार राति लण्डन पुगेका हमाल एक महिना बेलायतमा रहने छन् ।

उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् । हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् ।

महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागि हुने छन् । लगत्तै यही शिलशिलामा उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन् । विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् ।

उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् । त्यतिमात्रै नभएर उनीहरुसँग भएको अनुभव र दक्षतालाई नेपालसँग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन् ।


यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०२:२७

काठमाडौं, ७ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा...

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

वि.सं.२०८० असोज ६ शनिवार ०८:५९

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको...