back

आजको मौसम : देशैभरी भारी  वर्षाको  सम्भावना

काठमाडौं, २४ भदौ । हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै,  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

जल  तथा  मौसम  विज्ञान  विभाग, मौसम  पूर्वानुमान  महाशाखाका अनुसार हाल  देशभर  आंशिक देखी सामान्य  बदली  रही  कोशी,  मधेश,  बागमती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्कादेखि  मध्यम  वर्षा  भइरहेको  छ।

दिउँसो देशभर  आंशिकदेखि  सामान्य  बदली  रहने छ। कोशी, बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

राती भने देशभर  आंशिक देखि  सामान्य  बदली    रहने छ। कोशि, मधेश, लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै, कोशी र  सुदूर पश्चिम  प्रदेशको  एक दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

कोशि, बागमती,  गण्डकी,  लुम्बिनी, कर्रणाली र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  तथा  मधेश  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन र चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

साथै,  मधेश,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।  मधेश  प्रदेश  लगायत  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  तराई  भू-भागका  थोरै  स्थानहरुमा  हावाहुरीको  सम्भावना  रहेको  छ।  वर्षाका  कारण त्यस  क्षेत्रहरूबाट  बहने  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा हवाई   यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  लगायत  चट्याङ्ग  तथा  हावा-हुरीको  क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...