back

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं, २८ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित  हल्का वर्षाको भइरहेको  छ ।

दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका  पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी  भू-भागका  एक दुई  स्थानमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेश,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक दुई  स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने,  गेग्रान बहाव,  बाढी,  पहिरो,  भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

वि.सं.२०८० असोज ७ आइतवार ०४:११

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी...

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

वि.सं.२०८० असोज ७ आइतवार ०४:०३

  काठमाडौं, ७ असोज । विक्की कौशल स्टारर कमेडी ड्रामा...

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

वि.सं.२०८० असोज ७ आइतवार ०३:२९

काठमाडौं, ७ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा...