back

मेयर बालेन टाइम म्यागजिनको १ सय उदयीमान व्यक्तिको सूचीमा

काठमाडौं, २८ भदौ । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ । टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको र उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ ।

टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको हो ।

जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन् । पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ ।


टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

वि.सं.२०८० असोज १६ मंगलवार ०८:३४

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री...

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

वि.सं.२०८० असोज १६ मंगलवार ०७:२१

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व...

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना...

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०६:४६

काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५०...

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

वि.सं.२०८० असोज १६ मंगलवार ०५:४३

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर...

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० असोज १६ मंगलवार ०५:२७

काठमाडौं, १६ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य...