असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

वि.सं.२०८० असोज ६ शनिवार

काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ । सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए ।
असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।
प्रकाशित समय : ०८:४० बजे