back

नेपाल–आयरल्याण्डबीचको आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भयोः सभामुख घिमिरे

काठमाडौं, ७ असोज । सभामुख देवराज घिमिरेले नेपाल र आयरल्याणको संसदबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने र आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भएको बताएका छन् । आयरल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले दुवै राष्ट्रहरूलाई फाइदा हुने हिसाबमा सहकार्यका धारणाहरूलाई विकास गर्नेलगायत विविध विषयमा छलफल भएको जानकारी दिए ।

सभामुख घिमिरेले भ्रमणका अवसरमा उठेका विषयहरूलाई सरकारसँग छलफल गरेर सरकारी तहबाट अगाडि बढाउने सद्भावपूर्ण समझदारिता भएको जानकारी दिए ।उनले भने, ‘भ्रमणमा उहाँहरूका चासोको विषयलाई छलफल गरेर दुई संसदबीचको सम्बन्धलाई गाढा बनाउने र दुबै देशका सम्बन्ध विकास गर्ने, दुवै राष्ट्रहरूलाई फाइदा हुने हिसाबमा सहकार्यका धारणाहरूलाई विकास गर्नेलगायत विषयमा छलफल भयो । शिक्षा हालिस गर्न नेपाली विद्यार्थी पनि त्यहाँ जाने गरेको हुनाले शिक्षालाई एकअर्काको बीचमा कसरी अगाडि लाने, नेपाल जस्तो देशलाई शिक्षामा दिन सक्ने सहुलियतहरू के हुन सक्छ, विद्यार्थीहरू सहज ढङ्गले जानको लागि प्रबन्ध कसरी गर्न सकिन्छ भन्ने विषयहरूमा छलफल भयो ।’

उनले योजना अनुरूप तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल, माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर, शिक्षा, श्रम तथा सामान्य प्रशासनमन्त्री, सरकारको शिक्षा मामिला हेर्ने राज्यमन्त्री र राष्ट्रपति सबैसँग शिष्टाचार भेट भएको पनि बताए । भ्रमण क्रममा आफूले नेपाली विद्यार्थीहरूका लागि सहज भिषा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार प्रविधि लगायतको सहयोग, एक अर्का देशका नागरिकहरूको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहन गर्ने विषयहरू उठाएको सभामुख घिमिरेले जानकारी दिए ।

यस्तै, नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजागरीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरूलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउने र जलवायु परिवर्तनलगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...