सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

वि.सं.२०८० असोज ७ आइतवार

काठमाडौं, ७ असोज। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन बलात्कार मुद्दा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन ।न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो ।
प्रकाशित समय : ०६:३१ बजे