back

‘एनआरएन द सिंगर’ आजदेखि सुरु हुँदै, विजेताले ५ लाख पाउने

काठमाडाैं, ९ असाेज । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘एनआरएन द सिङगर’ मंगलबारदेखि प्रसारण हुने भएको छ ।

गैरआवासीय नेपाली संघ -एनआरएनएको संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा  उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने हाे ।

पहिलोपटक आयोजना हुन लागेको रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि सेप्टेम्बर ९ देखि २२ सम्म अडिसन गरिएको थियो । एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाही अस्ट्रियाबाट जोडिएर कार्यक्रममा सहभागी भएका छन् ।

अडिसनमार्फत उनीहरुलाई आयोजकले सुरुमा छानेपछि उत्कृष्ट ४० जनालाई छनोट गरेका थिए । उत्कृष्ट ४० जनाबाट  उत्कृष्ट २०, १५, १२, १० र ५ गरी ग्रान्ड फिनाले आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष  गोविन्द प्रसाद गौतमले जानकारी दिए ।

कसरी हुन्छ उत्कृष्ट प्रतिभाको छनोट ?

एनआरएन द सिंगरको सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । ४० जनाको नाम क्रमश: टेलिभिजनबाट प्रसारण हुँदा सार्वजनिक गरिने छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराउने छन् ।

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिए पछि उत्कृष्ट १५ मा पुग्ने छन् । उत्कृष्ट १५ बाट अघि बढनेका लागि भने अनलाइन भोटको पनि आवश्यकता पर्ने छ । १५ बाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।

उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने छ।  ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच  प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् ।

उपाधि जित्नले नगदरु  ५ लाख प्राप्त गर्दा रनरअपले रु ३ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने आयोजकले जनाएका छन्  ।

कसरी हुन्छ प्रसारण ?

एनआरएन द सिंगरको ७ एपिसोडमा फाइनल गर्ने लक्ष्य लिइएको छ । ६ वटा एपिसोड अनलाइनमार्फत रेकर्ड गरेर टेलिभिजनमा प्रसारण हुने छ भने फाइनल काठमाडौंमा लाइभ गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बन्धित एनसीसीहरुले फाइनलमा पुगेका ५ जनालाई नेपाल ल्याउनका लाग सहयोग गर्ने वचन दिएका छन् ।

मंगलबार (२६ सेप्टेम्बरमा) राति १० बजे प्रसारण हुने कार्यक्रममा उत्कृष्ट ४० जनाको प्रस्तुति रहने छ । एकै दिन सबै नसकिने भएकाले २७ तारिखमा उत्कृष्ट ४० कै बाँकी प्रतिभाहरुको प्रस्तुति प्रसारण हुने छ । यसैगरी २८ सेप्टेम्बरमा उत्कृष्ट २० छनोट गरेर अक्टोबर १ मा उत्कृष्ट १५ को प्रस्तुति प्रसारण हुने छ । अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ । फिनाले अक्टोबर १५ मा काठमाडौंमा हुने ‘एनआरएन द सिंगर’ का मुख्य संयोजक समेत रहेका गौतमले बताए ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...