back

मंगोलिया विरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

काठमाडौं, १० भदौं । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ ।चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।

मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।

उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...