back

बलात्कृत बालिका रक्ताम्मे शरिर लिएर दुई घन्टा सडकमा हिडेको घटनाले भारत स्तब्ध

काठमाडौं, ११ असोज । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ घन्टा सडकमा हिडदा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भया जस्तो बलात्कारको घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो । उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन् । कसैले सहयोग पनि गरेनन् ।

दिल्लीको निर्भयाको बलात्कारको घटना झै सो घटनालाई दाँजेर हेरे पछि भारतीय राजनीति गरम भएको छ । कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन । उनले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको टविटरमा लेखेका छन् ।

‘मध्यप्रदेशमा नाबालिग बालिका विरुद्धको अपराध र बलात्कारका घटनाहरु सबैभन्दा धेरै छन् । अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे। साथै, राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ। न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन । आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ। तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो वाचा र झूटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ ।

तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ । उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन । उनका अनुसार एकजना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ । र, छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ ।


नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:२३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ...

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:३७

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा...

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:११

काठमाडौं । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा...