back

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसंग सैद्दान्तिक सहमति भैसकेको छ : प्रधानमन्त्री

काठमाडौं, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिएका हुन् ।

उनले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने दाबी गरे । चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटरको दुरीमा छ ।

सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज अवस्था छ । प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने बताए ।


दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

वि.सं.२०८० मंसिर १९ मंगलवार ०३:०२

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा...

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...