back

नेदरल्याण्डमा गोली चल्दा तीनको मृत्यु, प्रधानमन्त्रीद्धारा दुःख व्यक्ति

काठमाडौं, १२ असोज । पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । युरोपको नेदरल्यान्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।

आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपी गोली चलाउनुको कारण खुल्न सकेको छैन । न्युजील्याण्डका प्रधानमन्त्रीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटना नेदरल्याण्डको रोटरडममा भएको हो ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले गोलीबारीप्रति निराशा व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘गोलीबारीमा मारिएकाहरुप्रति मेरो समवेदना, पीडित कार्यस्थलका सहकर्मीहरूलाई उनीहरूको सहयोगको लागि धेरै धेरै धन्यवाद।’

सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा बन्दुकधारीले गोली चलाएका थिए । त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्रमा पुगे । प्रहरीका अनुसार दुवै ठाउँमा आगो लागेको थियो, जुन पछि निभाइएको थियो । प्रहरीका अनुसार अभियुक्त एउटै व्यक्ति रहेको प्रारम्भिक रुपमा खुल्न आएको छ ।

अभियुक्त अस्पताल भित्र पस्नेबित्तिकै हताहट मच्चियो, बिरामी र डाक्टरहरु भागे । सीसीटीभी क्यामेरा र प्रत्यक्षदर्शीका अनुसार अभियुक्त ३२ वर्षका छन्, जसले सेनाले लगाउने जस्तो लुगा लगाएका थिए । कालो कपाल भएको युवक उग्र देखिन्थे । उनको उचाइ निकै अग्लो थियो । बन्दुकसँगै झोला पनि थियो ।

समाचार अनुसार एक मेडिकल विद्यार्थीले चौथो तल्लामा गोली चलिरहेको बताए । अभियुक्तले चारदेखि पाँच पटक गोली हानेका थिए । त्यहाँ निकै आतंक मच्चिएको एक प्रत्यक्षदर्शीले बताए । नाराबाजी थियो । गोलीको आवाज आइरहेको थियो । निकै डरको अवस्था थियो । मृतक र घाइतेका परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । अभियुक्त पक्राउ परेका छन् ।


गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:५८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा तत्काल मानवीय...

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...