back

आजको मौसमः मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...