बेपत्ता भएको १८ महिनापछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो

वि.सं.२०८० असोज १५ सोमवार

काठमाडौ, १५ असोज । विगत १८ महिनादेखि हराएका एक वृद्धको शव फेला परेको छ ।माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे–७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो ।
हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखेपछि धम्पुस प्रहरी चौकीलाइ खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।
मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । १८ महिना अघि बेपत्ता भएका ब्यक्ति मृत फेला परे पछि प्रहरी थप अनुसन्धान सुरू गरेको छ ।
प्रकाशित समय : ०५:५१ बजे