back

दोस्रो दिन पनि आन्दोलनमा केएमसी अस्पतालका डाक्टर

काठमाडौ, १५ असोज । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रर्दशनमा उत्रिएका छन् । इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिनन पनि उनीहरुले अस्पताल अगाडिको सडकमा धर्ना दिइरहेका छन् ।

आन्दोलनमा सहभागि डाक्टर कमलराज शाहले सहमतिको मसी नसेलाउँदै यस्तो घटना दोहोरिनु कानूनमाथि जनताको विश्वास उठ्नु भएको दाबी गरे ।उनले भने, ‘ यो घटनामा संलग्न दोषिलाई सजाय दिनको लागि हामीले आफ्नो आफ्नो स्थानबाट माग गर्नुपर्छ । अस्ति भर्खर सहमती भएको ऐन जुन छ यसलाई पनि अझ प्रचार गर्न आवश्यक भएको देखिएको छ ।’

यस्तै, अर्का डाक्टर अंकित आचार्यले यसरी नियम कानून कसैले पनि आफ्नो हातमा लिन नमिल्ने भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए ।उनले भने, ‘यो घटना दर्ता गर्न मानिरहेको थिएन् हामीले हिजो रातीको ११ बजेसम्म यहाँ बसेर गृहमन्त्रीको फोन आएपछि बल्ल घटना दर्ता गर्नुभयो । यस्तो हुनु भएन नियम कानून कसैले पनि आफ्नो हातमा लिन मिल्दैँन् ।’ डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...