१० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

वि.सं.२०८० असोज १५ सोमवार

काठमाडौ, १५ असोज । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारतीय रुपैयाँसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाका सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक किशोर श्रेष्ठ नेतृत्वको टोलीले आइतबार राति नेपालमा प्रतिबन्धित १० लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउने क्रममा बिओपी चेक पोस्ट अगाडिबाट चेकजाँच गर्ने क्रममा उनीहरुमध्ये एकजनाको साथबाट ९ लाख र दुई जनाको साथबाट ५०÷५० हजार भारतीय रुपैयाँ बरामद गरिएको हो । बरामद सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित समय : ०७:५७ बजे