back

एनआरएनए निर्वाचन : युवा उपाध्यक्षमा उम्मेदवारी दिदै रोशन थापा

काठमाडौं, १६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्षमा रोशन थापाले पुनः उम्मेदवारी दिने तयारी गरेका छन्।हाल युवा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थापाले अक्टुबरमा हुने महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने भएका हुन्।

अफ्रिका तथा जापानामा व्यवसाय गर्दै आएका थापा करिब २ दशक अघि इलामबाट जापान अध्ययनको लागि पुगेका थिए, थापाले एनआरएनएको नेतृत्व लिई अनुभव समेत हासिल गरिसकेका छन्। गैरआवासीय नेपाली संघ ताम्जिानियाको दुई कार्यकालको अध्यक्ष भैसकेका उनले एनआरएनएको अफ्रिका क्षेत्रीय संयोजकको रुपमा जिम्मेवारी पनि पूरा गरेकाे अनुभव छ।

उनले आगामी कार्यकालमा एनआरएनए निर्वाचन प्रणाली अमेरिकी मोडलमा गराउन र युवाका लागि राष्ट्रिय समितिहरुलाई परिचालन गरेर एक मिलियन डलरको युथ फन्ड स्थापना गर्ने एजेन्डा अघि सारेका छन् । ‘अब सबै क्षेत्र, भूगोल र जनसंख्याको उचित प्रतिनिधित्व हुनेगरी मतभारको आधारमा सबैले मतदान गर्न पाउने व्यवस्था अपरिहार्य भइसकेको छ,’ थापाले भने ।

जापानको एदोगावा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा स्नातकसम्मको डिग्री हासिल गरिसकेका छन्।

थापाको जाम्बियामा अटो मोबाइल र रियलस्टेटको व्यवसाय फस्टाउँदै गएको छ। त्यसबाहेक थापाको जापानमा इन्स्योरेन्स, अटोमोबाइल क्षेत्रमा लगानी गरेका छन् भने नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा लगानी गरिसकेका छन्। विभिन्न देशका युवासंग राम्रो नेटवर्क बनाएका थापा लोकप्रिय मानिन्छन् । युवाहरुको समस्या बुझ्ने र त्यसको समाधानकालागि अग्रसर हुने एनआरएनए अभियान्ताको रुपमा परिचित छन्।गैरआवासीय नेपाली संघको ११ औं महाधिवेश अक्टोवर १७ देखि २० सम्म काठमाडौंमा हुँदै छ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...