back

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउने अर्थ सचिव डाक्टर कृष्णहरी पुष्करले चेतावनी दिएका छन् ।

आज अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका सचिव पुष्करले समितिमा राजस्व संकलनको पुरानो तरिका परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले भैरहेको जुन राजस्व नीति छ र जसरी अहिले हामी परम्परागत रुपमा राजस्व उठाउँछौ त्यो हिसावले जाँदा हामी अब अप्ठ्यारोमा पर्छौ । त्यसकारण बेलैमा यसतर्फ सोच्नुपर्छ ।’

उनले सरकारको राजस्वमा पेट्रोलियम पदार्थ,दूरसञ्चार शुल्क र सेवासँग सम्बन्धित करहरुको योगदान धेरै रहेको र त्यो विस्तारै घट्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको विकल्प खोज्नुपर्ने बताए । उनले सरकारले विभिन्न वस्तु तथा सेवामा गरेको कर छुटको प्रभाव आम जनतामा परेको छ कि छैन राष्ट्रिय स्तरबाटै त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे । साथै,अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भन्दै राजस्व संकलन र अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्नेमा उनको जोड छ ।

‘समस्याको पहिचान र स्वीकार नगरीकन त्यसको सुधारको प्रस्तानविन्दु सुरु नहुने भएकाले अर्थतन्त्रको अवस्था लुकाउने पक्षमा हामी छैनौ । अर्थतन्त्र अप्ठ्यारो अवस्थामा चाँही छ तर, हामी संकटकै अवस्थामा पुगेको भने होइन । लगानीयोग्य रकम छ, व्याजर पनि केही घटेर आएको छ । अब हामीले धेरै वर्षदेखि विरासतको रुपमा रहेको अर्थतन्त्रको जुन समस्याहरु छन् त्यसबाट फड्को मार्न जरुरी छ,’ पुष्करले भने ।


नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...