आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

वि.सं.२०८० असोज १८ बिहीवार

काठमाडौं, १८ असोज । विश्वकप क्रिकेटको आज उदघाटन खेल हुँदैछ । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण आजदेखि भारतमा सुरु हुन् लागेको हो । आजदेखि सुरु हुने क्रिकेट बिश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो ।
सो प्रतियोगिताको पहिलो उदघाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ । सो उदघाटन खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहने छ । जसअनुसार यसपटक आयोजक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिदै छन् । नेदरल्याण्ड विश्वकपको यस संस्करणमा एकमात्र एसोसिएट राष्ट्र हो ।
प्रकाशित समय : ०३:५७ बजे