back

सिक्किममा ताल फुटेपछि भिषण बाढीः मृत्यु हुनेको संख्या १४ पुग्यो, १०२ जना बेपत्ता

काठमाडौं, १८ असोज । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर) भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन ।

यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले केही स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण बर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो। जसका कारण जलविद्युत आयोजनाको ठूलो हिस्सा बगेर दर्जनौं मानिस बेपत्ता भएका छन् । १७, १८ सेप्टेम्बर र ४ अक्टोबरमा तालको क्षेत्रमा परिवर्तन भएको इसरोले जनाएको छ । बादल फुटेर तालको १ सय ५ हेक्टर जमिन बगेर बेपत्ता भएको देखिएको छ । जसका कारण अचानक बाढी आएको हो ।

सिक्किम सरकारले बाढीका कारण १४ जनाको मृत्यु भएको र १०२ जना बेपत्ता भएको बताएको छ । यसबाहेक २६ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी छ । भारतीय सेना र उद्धारकर्मी मानिसहरुको खोजीमा जुटेका छन् ।

अहिलेसम्म चानक आएको बाढीका कारण १४ जनाको मृत्यु भएको र उनीहरुको शव फेला परेको सिक्किम सरकारले जानकारी दिएको छ । उत्तर बंगालमा सयौं किलोमिटर टाढा तीन जनाको शव फेला परेको थियो भने अन्य पाँच जनाको शव सिक्किमको गोलितार र सिङ्ताम क्षेत्रमा भेटिएको थियो।

सिक्किममा भएको यस त्रासदीपुर्ण घटनामा भारतीय सेनाका २३ जना सैनिक पनि बेपत्ता भएका छन् । भारतीय सेना र स्थानीय अधिकारीहरूले सैनिकहरूको खोजी गर्न संयुक्त उद्धार अभियान सुरु गरेका छन्।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...