आजदेखी काठमाडौंमा ‘पिएचडी फेस्टिबल’ हुँदै

वि.सं.२०८० असोज २२ सोमवार

काठमाडौं, २२ असोज । आजदेखि काठमाडौंमा पिएचडी (विद्यावारिधी) फेस्टिबल सुरु हुने भएको छ ।आज असोज २२ देखि २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं बिद्याबारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।
पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा विषय बिज्ञहरुले आ–आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् ।
प्रकाशित समय : ०३:२६ बजे