back

इजरायलबाट नेपाली विद्यार्थीहरुको गुहार, गुम्छौ कि भन्ने डर छ, बचाईदेउ

काठमाडौ, २२ असोज । इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकारले ढिलाइ गरिरहेको छ । गत शनिबारदेखि इजरायलमा आक्रमण जारी छ । तीन दिन बितिसक्दा पनि कुनै उपाय अवलम्वन नगरेकाले न बङ्कर भित्र लुकेर बसेका नेपालीहरूले सामाजिक संजाल मार्फत आँफूहरुलाई बचाँइदेउ भन्दै सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुले उद्धारमा ढिलाई हुँदा ज्यानै जानसक्ने बताएका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।

सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारको अपिल गरेका छन् ।आफू लगायत चार ५ जना ३ दिन देखि बङ्करमा रहेको भन्दै उद्धारको अपिल गरेका हुन् ।

‘तीन दिन देखि यहाँ छौँ । ५ जना छौँ । एम्बेसी उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसेका छौँ’ उनी भन्छन्, ‘बङ्करमा ती मिसाइल खस्दा दर्शदान हुन्छ ।’ १० जनाको ज्यान गइसकेको भन्दै आफूहरू पनि असुरक्षित रहेको उनी बताउँछन् ।

‘१० जना साथी गुमाइसकेका छौँ हामी पनि गुम्छौ कि भन्ने डर छ । १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...