back

आँप र यसको पात स्वास्थयका लागि लाभदायक

काठमाडौं, २४ असोज । आँप स्वादमा मात्रै होइन स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । आँप मात्रै होइन यसको पात पनि धेरै फाइदाजनक छ ।आँपको पात धेरै गुणले भरिपूर्ण छ । आँपको पातमा भिटामिन ए, बी र सी पाइन्छ। यसबाहेक, यी पातहरूमा एन्टी–अक्सिडेन्ट र फ्लेभोनोइड्स र फिनोलहरू पनि प्रशस्त मात्रामा पाइन्छ। आँपको पातमा एन्टी–माइक्रोबियल गुणका कारण पनि प्रयोग गरिन्छ र यी पातहरू धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि प्रभावकारी साबित हुन्छन्।

आँपको पातको सेवनले मधुमेह जस्तो रोगबाट बचाउनमा मद्दत गर्छ । यसमा ट्यानिन हुन्छ जसले सुरुवातमा मधुमेह निको पार्न धेरै प्रभावकारी भूमिका खेल्दछ । साथै यस्तो अवस्थामा आँपको पातलाई काँचो चपाएर पनि यसको फाइदा लिन सकिन्छ । अथवा पातलाई सुकाएर धुलो बनाएर खान सकिन्छ भने यी पातहरूलाई पानीमा उमालेर छानेर पिउदा पनि स्वास्थ्यमा निकै राम्रो असर गर्दछ । आँपको पातले रक्तचाप कम गर्नमा पनि मद्दत गर्छ। यी पातहरूको हाइपोटेन्सिभ गुणको कारण यो पात रक्तचाप कम गर्न प्रभावकारी मानिन्छ ।

आँपको पात सेवन गर्दा चिन्ता कम गर्न प्रभावकारी हुने गर्दछ। आँपको पात रुघाखोकिलाई निको पार्दछ । आँपको पातले रुघाखोकि वा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा निकै फाइदाजनक साबित हुन्छ । यी पातलाई पानीमा उमालेर पिउँदा चिसोको समस्याबाट राहत पाउन सकिन्छ । आँपको पातको पानी तताएर त्यसमा एक चम्चा मह मिसाएर चिया जस्तै पिउन पनि सकिन्छ ।

साथै आँपको पातको सेवनले पेटसम्बन्धी समस्यालाई पनि हटाउन सकिन्छ । आँपको पातलाई मनतातो पानीमा रातभर भिजाउने र भोलिपल्ट खाली पेटमा पिउनुहोस्। यसो गर्नाले पेटबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर भित्री रुपमा पनि सफा हुन्छ । यसो गर्दा पेटको स्वास्थ्य राम्रो रहनुका साथै छाला पनि भित्री रूपमा चम्किलो हुन्छ। तौल घटाउनमा पनि यस पातको फाइदा निकै रहेको छ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...