back

विभिन्न स्थानबाट  लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, २४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजीसहित राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युवराज प्रजालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.५३ प ३९३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ९७४२ नम्बरको गाडीमा गाँजा ल्याउदै गरेको खुल्न आएपछि उक्त गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक सन्देश र मोटरसाइकलमा सवार युबराजलाई पक्राउ गरेको हो । हाल फरार गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाकाे मेचीनगर नगरपलिका-१० गोरुहट्टिबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय ७० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सुवान मियालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार हुँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले कोठामा राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

 झापाबाटै, अवैध लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ बस्ने १९ वर्षीय निसान लिम्बु, सोही नगरपालिका-८ बस्ने २४ वर्षीय रिवज रनपहेली, दमक नगपरलिका-१ बस्ने २१ वर्षीय रूस्बिन लिम्बु भन्ने बिबेक फियाक लिम्बु र दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने बिक्रम लिम्बु रहेको छन् ।

भद्रपुर नगरपालिका-३ स्थित मेची पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका निसान र रिवजलाई साईकलको सिटमुनी लुकाई राखेको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । थप अनुसन्धानको क्रममा बिबेक र बिक्रमको समेत संलग्न रहेको खुल्न आएपछि ४ जनालाई नै पक्राउ गरेको हो ।

बाँकेकाे खजुरा गाउँपालिका-६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । यसैगरी सोही गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय  मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको  छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...