back

आजको मौसमः चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, २७ असोज । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 


आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ...

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:३७

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा...

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:११

काठमाडौं । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा...

हुम्ला र मुगुमा उच्च हिमपात, जनजीवन कष्टकर

हुम्ला र मुगुमा उच्च हिमपात, जनजीवन कष्टकर

वि.सं.२०८० मंसिर १८ सोमवार ०७:५६

काठमाडौं । आईतबार राती बाट परेको अबिरल वर्षाका कारण मुगु...