back

रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज

काठमाडौं, २८ असोज । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज हुने भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

’एनआरएन द सिंगर’ को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत् आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।

त्यसमध्ये आयोजक र निर्णायकले उत्कृष्ट ४० जनाको छनोट गरेका थिए । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायकहरु शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीको समूहले २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए ।

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि सहभागीहरु उत्कृष्ट १५ मा पुगेका थिए । उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा पाँच जनाले उपाधिको लागि प्रतिस्पर्धा गरेका छन् ।

उपाधिका लागि कर्मा दोङ तामाङ, विष्णु क्षेत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमली गरी पाँचजना प्रतिस्पर्धी छन् । उपाधि विजेता अनलाइन भोटिङको आधारमा टुंगो लाग्ने आयोजक युनिटेकका सुरज राईले जानकारी दिए ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...