back

कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो

काठमाडौं, १० कार्तिक । कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्यो उत्साह लामो समय टिक्ने देखिएको छैन ।

तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ । यसैबिचमा, फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ ।

कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ, जुन साच्चै नै निकै कम हो ।

यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरु बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...