back

बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ

काठमाडौं । तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ ? यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो।सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।

बेलायती मिडिया मेट्रोमा प्रकाशित समाचार अनुसार ब्लेनहाइम प्यालेसबाट हराएको सुनको शौचालयको चोरीको सम्बन्धमा चार जनालाई अभियोग लगाइएको छ। सो समाचार संस्थाका अनुसार १८ क्यारेट सुनको शौचालय चोरी गरेको आरोपमा चारजना चोर पक्राउ परेका हुन् ।

सुनको शौचालय चोरी गर्ने पुरुषहरूलाई गत सोमबार अर्थात नोभेम्बर ६ मा क्राउन अभियोजन सेवाले पक्राउ गरी आरोप लगाएको छ। चोरी मुद्दामा ३५ देखि ३९ वर्ष उमेर समूहका चार जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको बताइएको छ । यी चारै चोरमाथि चोरी र आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाइएको छ ।

सेप्टेम्बर २०१९ मा रातारात बेपत्ता हुनुभन्दा केही दिन अघि अक्सफोर्ड शहर नजिकैको ब्लेनहाइम प्यालेसमा यो सुनको शौचालय कला स्थापनाको हिस्सा थियो। यसको लागत ४.८ मिलियन पाउण्ड थियो। यो जान्न अचम्म लाग्न सक्छ, तर चोरी हुनु अघि प्रदर्शनीमा आगन्तुकहरूले शौचालय प्रयोग गर्न ३ मिनेटको अपोइन्टमेन्ट बुक गर्न सक्थे।

तपाईको जानकारीको लागि चोरीको सम्बन्धमा हालसम्म आरोप लगाइएको कसैको पनि नाम सार्बजनिक गरिएको छैन तर प्रहरीले प्रमाणको फाइल क्राउन प्रोसिक्युसन सर्भिसलाई बुझाएको छ, जसको माध्यमबाट चार जना विरुद्ध मुद्दा दर्ता गर्न सकिन्छ।


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...