back

आइसीसी क्रिकेट विश्वकपः आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि शुरु हुनेछ ।जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ ।

सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठुलो अन्तरले पराजित गर्नुपर्ने भएको छ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११–टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

अफगानिस्तानको सम्भावित प्लेइङ ११– हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी र नवीन उल हक ।


आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३७

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख...

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३१

काठमाडौं । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि...

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:२३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...